Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमैलुङ खोला जलविद्युत्को साधारणसभा आह्वान

मैलुङ खोला जलविद्युत्को साधारणसभा आह्वान


काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले चैत २९ गते काठमाडौंको लैनचौरस्थित लैनचौर बैङ्क्वेटमा आफ्नो १० औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँमध्येबाट दुई दशमलव २२ प्रतिशतका दरले हुन आउने ८१ लाख ७६ हजार आठ सय २४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी ३७ करोड ६३ लाख १९ हजार आठ सय २४ रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया