Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन


काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका सात वटै प्रदेशमा रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ ।

बैंकले ग्लोबल मनी विक–२०२४ को अवसरमा विद्यार्र्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक भिडियो सामग्रीहरू प्रसारण गरेको छ । बैंकले देशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरूमा विद्यार्थीहरू, स्थानीय युवाहरूका साथै रोजगार व्यक्तिहरू, किसान, लघु, साना तथा मझौला उद्यमीहरू, दैनिक ज्यालादारीहरू, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, महिलाहरू तथा विप्रेषण प्रापकहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमहरूबाट करिब हजार मानिसहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

त्यस्तै, बैंकले ग्लोवल मनी विक–२०२४ को अवसरमा विभिन स्थानमा वित्तीय साक्षरतासम्बन्धी जानकारीसहित प्रभातफेरी कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र मधेश प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरूः जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्ले कार्डहरूको प्रयोग गरिएको थियो ।

त्यस्तै, बैंकले विभिन्न सचेतनामूलक भिडियो सामग्रीहरू जस्तैः विद्युतीय भुक्तानी, वित्तीय ठगी, सार्वजनिक वाईफाई प्रयोग गर्दा हुन सक्ने जोखिम सम्बन्धित निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रसारण गरी ग्लोबल मनी विक–२०२४ को सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया