Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसलिकोद्वारा चितवनको सौराहामा दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन

सलिकोद्वारा चितवनको सौराहामा दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालमा कार्यरत कर्मचारीहरुको पेसागत दक्षता अभिवृद्धिका लागि चैत्र ९ र १० गते ५० जनाभन्दा बढी कर्मचारीहरूको सहभागितामा चितवन जिल्लास्थित सौराहमा दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिलाई मध्यनजर राख्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटीका साथै केन्द्रीय कार्यालयबाट प्रशिक्षणका लागि जानुभएका प्रशिक्षकहरूले मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संसाधन, ब्रान्डिङ, लेखा र ग्राहक सेवालगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए । उक्त प्रशिक्षण कायर्क्रमबाट कर्मचारीहरूमा नवीन ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । मर्जरसँगै कम्पनीले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार बिस्तारमा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरूकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेशस्तरका कर्मचारीलाई पनि उत्तिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया