Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवित्तीय सूचकमा अब्बल बन्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक

वित्तीय सूचकमा अब्बल बन्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक त्रिपल ‘ए’ रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई लगातार पाँचौं वर्ष पनि बैंकलाई ‘इक्राएनपी–आईआर त्रिपल ए’को रेटिङ पुनः पुष्टि गरिदिएको हो । यो रेटिङले बैंकले समयमै वित्तीय दायित्वहरू पूरा गर्न सक्ने र कम्पनी उच्चतमस्तरको सुरक्षित रहेको बुझाउँछ । इक्रा नेपालले बैंकका विभिन्न वित्तीय सूचकलाई आधार मानेर उक्त उच्चस्तरको रेटिङ दिएको बताएको छ । जसमा बैंकको सीआरएआर, निष्क्रिय कर्जा (एनपीएल)लगायतका विभिन्न वित्तीय सूचकहरू छन् । हाल स्ट्यान्डर्ड चार्टर्ड बैंकको एनपीएल एक दशमलव ६० प्रतिशत मात्रै छ । जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा कम हो । हाल अन्य वाणिज्य बैंकहरूको औसत एनपीएल नै तीन दशमलव ६३ प्रतिशत रहेको छ ।

साथै, बैंकको वित्तीय अवस्था पनि अन्य बैंकको तुलनामा बलियो, सुरक्षित र वित्तीय सबलतामा अब्बल रहेको इक्रा नेपालको दाबी छ । लगातार पाँच वर्षसम्म त्रिपल रेटिङको पुनः पुष्टि पाएसँगै स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले यसले बैंक तथा बैंकका सबै सरोकारवालाप्रतिको प्रतिबद्धताको बलियो प्रमाणीकरण रहेको बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया