Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगार्गी कन्या गुरुकुललाई सिटिजन लाइफ इन्स्योरेन्सको सहयोग

गार्गी कन्या गुरुकुललाई सिटिजन लाइफ इन्स्योरेन्सको सहयोग


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गार्गी कन्या गुरुकुललाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार उचित शिक्षा एवं रहनसहनको वातावरण बनाई विदुषी नारी तयार गरी आत्मनिर्भर एवं स्वावलम्बी बनाउने उद्देश्यले श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा विगत २०६८ सालदेखि स्थापना भई चितवन जिल्लाको देवघाटमा गार्गी कन्या गुरुकुल सञ्चालन हुँदै आएको छ । यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो, जहाँ नेपालको विभिन्न ठाउँदेखि हरेक समूहका महिला छात्राहरूलाई विनाकुनै भेदभाव कक्षा ६ देखि १२ सम्म नेपाल सरकारको सरकारी पाठ्यक्रमअनुसार अध्यापन गराइन्छ । साथै, संस्कृत विषयको पनि अध्यापन गराइन्छ र निःशुल्क भोजन आवासको पनि व्यवस्था रहेको छ ।

गरिबीजस्ता विभिन्न कारणले समाजबाट उत्पीडन खेप्नुपरेका सोही बालिकाहरूलाई समाजमा शिक्षित एवं सम्मानरूपमा स्थापित गराउने श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानको पवित्र उद्देश्यमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी पनि सँगसँगै उभिएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालका साथै कर्पोरेट सेल्स हेड रीता पाठकद्वारा गार्गी कन्या गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा मन काफ्ले साथै सल्लाहकार भागवतीकुमार काफ्लेलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । सिटिजन लाइफको यस सहयोगले श्री गार्गी कन्या गुरुकुललाई विद्यालय सञ्चालन गर्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया