Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफ क्यापिटलद्वारा लगानी व्यवस्थापनसम्बन्धी जानकारी प्रदान

नेपाल लाइफ क्यापिटलद्वारा लगानी व्यवस्थापनसम्बन्धी जानकारी प्रदान


काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा १८ मार्च देखि २४ मार्चसम्म विश्वभर चल्ने ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न पाँच स्थानमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो । ‘उज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र ५ गते नेपालगञ्ज, चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, चैत्र ८ गते महेन्द्रनगर बजार र कञ्चन क्याम्पस गरी उपत्यकाबाहिरका पाँच स्थानमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सेयरबजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधि, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तर्क्रिया कार्यक्रम गरिएकोे थियो । कार्यक्रमबाट पाँच सय जना सहभागीहरू लाभान्वित भएका थिए । नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरूको लगानीयोग्य बचतलाई नेपालको पुँजीबजारमार्फत परिचालन गरी उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजी बजारका असिमित सम्भावनाहरू तथा यसको बहु–आयामिक पक्षहरूको अध्ययन गरी नेपाली लगानीकर्ताहरूलाई सुरक्षित तथा लाभदायक लगानीका अवसरहरू प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता सञ्चालन सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया