Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच सम्झौता


काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरूको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एनआईसी एसिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित खुलामुखी योजना–एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको महालक्ष्मी विकास बैंकले वितरण एजेन्टको रूपमा कार्य गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरूको अधिकतम उपयोग गरी लगानीका अवसरहरूको थप विस्तार तथा विविधीकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरूको एनआईसी एसिया डाइनामिक डेप्ट फन्डमा सहज पहुँच भई वित्तीय समावेशिता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमशः देशभरका शाखा कार्यालयमार्फत प्रदान गरिने छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् । साथै मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारकोरूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया