Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेन्ट्रल फाइनान्सको साधारणसभा

सेन्ट्रल फाइनान्सको साधारणसभा


काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रूपमा विगत २७ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको फाइनान्सको ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय तथा काठमाडौं शाखासहित काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको ईटहरी, झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, मोरङको विराटनगर र रौतहटको चन्द्रपुर १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटीजीएस, मर्चेन्ट क्युआरपेमेन्ट, क्युआर टेलर, रेमिट्यान्स सेवा, सी–आास्वाजस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरूको बैंक खाता, वालेट, क्युआरजस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरूमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ । चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार रहेको संस्थाको हाल निक्षेप सात अर्ब २६ करोड र कर्जा चार अर्ब ८३ करोड रुपैंयाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया