Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल क्लियरिङ हाउसद्वारा विशेष साधारणसभाको आह्वान

नेपाल क्लियरिङ हाउसद्वारा विशेष साधारणसभाको आह्वान


काठमाडौं । नेपाल क्लियरिङ हाउसले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीको यही चैत्र २५ गते बसेको सञ्चालक समितिको दुई सय ४०औं बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । काठमाडौंको होटल रोयल सिंङ्गीमा हुने विशेष साधारणसभाले नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडलाई मर्जर गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार विशेष साधारणसभा यही वैशाख १३ गते हुनेछ । यसैगरी सोही दिन नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडले पनि विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीको नक्सालस्थित लिसारा रिसेप्सनमा हुने विशेषसभाले नेपाल क्लियरिङ हाउससँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया