Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचार खर्ब ३६ अर्ब नाघ्यो चुक्ता पुँजी

चार खर्ब ३६ अर्ब नाघ्यो चुक्ता पुँजी


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी चार खर्ब ३६ अर्ब रूपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ५४ वटा बैंक तथा वित्तीय संस्थाको कुल चुक्ता पुँजी चार खर्ब ३६ अर्ब ४१ करोड २० लाख रूपैयाँ कायम छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ अर्ब ३३ करोड ४० लाख रूपैयाँले बढी हो । गतवर्ष फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार खर्ब २३ अर्ब सात करोड ८० लाख रूपैयाँ थियो ।

वाणिज्य बैंकहरूको चुक्ता पुँजी फागुन मसान्तसम्म तीन खर्ब ७९ अर्ब दुई करोड रूपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ४२ करोड ६० लाख रूपैयाँले बढी हो । गत वर्ष फागुन मसान्तमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ६८ अर्ब ५९ करोड ५० लाख रूपैयाँ थियो । फागुनसम्म वाणिज्य बैंकहरूको कुल शाखा संख्या पाँच हजार ४१ वटा पुगेको छ ।

विकास बैंकहरूले भने ४२ अर्ब १७ करोड ५० लाख रूपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ५४ करोड ९० लाख रूपैयाँले बढी हो । गतवर्ष फागुनमा विकास बैंकहरूको चुक्ता पुँजी ३६ अर्ब ८५ करोड ९४ लाख रूपैयाँ थियो । फागुनसम्म विकास बैंकहरूको कुल शाखा संख्या एक हजार एक सय ३५ वटा छ ।

फाइनान्स कम्पनीहरूले गत फागुन मसान्तसम्म कुल १५ अर्ब २१ करोड ६० लाख रूपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ करोड ८० लाख रूपैयाँले बढी हो । गतवर्ष फागुनमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब ८५ करोड ८० लाख रूपैयाँ थियो । फागुनसम्म फाइनान्स कम्पनीहरूको शाखा संंख्या दुई सय ८८ वटा छ ।

२०८० फागुन मसान्तमा एक लाख ३० हजार आठ सय ४४ ऋणीलाई प्रवाह भएको एक खर्ब ४९ अर्ब ३० करोड सहुलियतपूर्ण कर्जा बक्यौता देखिएको छ । जसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५१ हजार चार सय पाँच ऋणीलाई प्रवाह भएको एक खर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७६ हजार नौ सय ७५ महिला उद्यमीलाई प्रवाह भएको ४६ अर्ब ४८ करोड रूपैयाँ कर्जा बक्यौता छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार चार सय ६४ ऋणीको दुई अर्ब पाँच करोड रूपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया