बैंकहरूको खराब कर्जा करिब चार प्रतिशत
काठमाडौं । बैंकिङ क्षेत्रमा खराब कर्जाको मात्र बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा तीन दशमलव ७३ प्रतिशत देखिएको छ । फागनुसम्म बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस आधारमा खराब कर्जा करिब एक खर्ब ९० अर्ब रुपैयाँ बराबर छ ।
गत वर्ष फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा औसत दुई दशमलव ६३ प्रतिशत थियो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूले मात्रै कुल ४४ खर्ब ९२ अर्ब ८४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यसमध्ये तीन दशमलव ६३ प्रतिशत खराब कर्जा देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव १४ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तमा वाणिज्य बैंकहरूको खराब कर्जा दुई दशमलव ४९ प्रतिशत थियो । गत आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब एक अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूको खराब कर्जा पनि बढेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विकास बैंकहरूले चार खर्ब ९६ अर्ब पाँच करोड रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६१ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले चार खर्ब ५७ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा खराब कर्जा दुई दशमलव ८२ प्रतिशत थियो ।
वाणिज्य बैंक र विकास बैंकहरूको तुलनामा फाइनान्स कम्पनीहरूको खराब कर्जा उच्च छ । फाइनान्स कम्पनीहरूले कुल ९६ अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औसत नौ दशमलव १८ प्रतिशत कर्जा खराब देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै दुई प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्म फाइनान्स कम्पनीहरूले ९२ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा औसत सात दशमलव ८२ प्रतिशत खराब कर्जा थियो ।
पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तता र बजार चलायमान बन्न नसक्दा बैंकहरूको कर्जा लगानीको नियमित चत्र खल्बलिएको देखिन्छ । बैंकहरूले समयमा कर्जाको सावाँ ब्याज असुली गर्न नसक्दा विगतका वर्षहरूको तुलनामा निष्क्रिय कर्जाको मात्रा केही बढेको देखिएको हो । अहिले अर्थतन्त्रले क्रमिकरूपमा लय समातेकाले अबको केही समयपछि बैंकिङ क्षेत्रमा रहेको खराब कर्जाको मात्रा घट्न सक्ने बैंकहरूले बताएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- तीन वर्षमा आयल निगम ४९ अर्ब घाटादेखि वार्षिक १० अर्ब रूपैयाँ नाफामा, तर नेपालमा किन मूल्य उल्लेख्य घटेन?
- प्यारिस ओलिम्पिक्स २०२४: पहिलोपटक रङ्गशालामा मात्र नभई सहरभरि उद्घाटन समारोह, यस्तो थियो रौनक
- चीनबाट ६५ अर्बको सामान आयात
- सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ
- चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
- चारवटा प्रदेशमा भारी वर्षा हुने
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया