Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारह्वाइट लोटस पावर र नेपाल एसबीआई मर्चेन्टबीच सम्झौता

ह्वाइट लोटस पावर र नेपाल एसबीआई मर्चेन्टबीच सम्झौता


काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २६ प्रतिशत अर्थात् प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका १२ लाख कित्ता सेयर जारी गर्ने विषयमा उक्त सम्झौता गरेको हो । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणमा निष्काशन तथा बिक्री गर्नका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ ।

सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन् । ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ जिल्लाको भुलभुलेस्थित हिदी खोलाको पानी सदुपयोग गरी छ दशमलव ८२ मेगावाटको नदी प्रवाहीमा आधारित हिदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ  ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया