Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफर्स्ट माइक्रो फाइनान्सको तेस्रो त्रैमासिक नाफा १३ करोड दुई लाख

फर्स्ट माइक्रो फाइनान्सको तेस्रो त्रैमासिक नाफा १३ करोड दुई लाख


काठमाडौं  । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड दुई लाख ६० हजार तीन सय ७१ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १९ करोड ४५ लाख ७७ हजार दुई सय तीन रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ३३ करोड ३८ लाख २६ हजार नौ सय दुई रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा सात अर्ब ३९ करोड ७२ लाख ३४ हजार तीन सय ८६ रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा २५ करोड ३० लाख ५७ हजार चार सय ३५ रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । निष्क्रिय कर्जाको अनुपात तीन दशमलव १२ प्रतिशत रहेको संस्थाको स्प्रेडदर दुई दशमलव शून्य छ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा नौ करोड ५० लाख ९४ हजार पाँच सय आठ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ६५ करोड ६२ लाख १५ हजार आठ सय १२ रुपैयाँ कर्जा प्रवाह गर्दा ३१ करोड ७६ लाख ३५ हजार तीन सय १४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शून्य दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको संंस्थामा एक दशमलव ८४ प्रतिशत स्प्रेडदर रहेको थियो भने वितरणयोग्य नाफा १६ करोड ६८ लाख तीन हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया