Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण

मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत इनेबल नेपाल संस्था (गैरमुनाफामूलक)सँगको साझेदारीमा देशका विभिन्न स्थानहरूबाट बसोबास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकाहरूलाई चाहिने कृतिम हातहरू वितरण गरेको छ ।

एक कार्यक्रमका बीच बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र इनेबल नेपाल संस्थाका पदाधिकारीबाट सोही कृत्रिम हातहरू बालबालिकाहरूलाई वितरण गरिएको हो । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, बालबालिकाहरूका अभिभावक र इनेबल नेपाल संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । हालमा बैंकले पाँच थान कृत्रिम हातहरू वितरण गरिसकेको र निकट भविष्यमा थप कृतिम हातहरू वितरण गर्ने बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत गुरुङले बताएका छन् ।

यो सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सोही लाभकारी बालबालिकाहरूको जीवनमा सकारात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया