Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफाइनान्स कम्पनीहरूमा वित्तीय जोखिम बढ्यो

फाइनान्स कम्पनीहरूमा वित्तीय जोखिम बढ्यो

आधा दर्जन कम्पनी नोक्सानीमा, खराब कर्जा २९ प्रतिशतसम्म पुग्यो


काठमाडौं । फाइनान्स कम्पनीहरूमा वित्तीय जोखिम बढेको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण फाइनान्स कम्पनीहरूको कर्जाको सावाँब्याज असुलीमा समस्या भएपछि खराब कर्जा उच्चदरमा बढ्दा वित्तीय जोखिम देखिएको हो ।

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये अहिलेसम्म १५ वटाले मात्र चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये पोखरा फाइनान्स, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र समृद्धि फाइनान्सले खुद नोक्सानी व्यहोरेका छन् भने नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स, बेस्ट फाइनान्स र श्री इन्भेस्टमेन्ट फाइनान्सको नाफा घटेको छ । यस अवधिमा मल्टिपर्पस फाइनान्सको मात्रै नाफा बढेको छ । जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै झन्डै २९ प्रतिशत पुगेको छ ।

अपरिस्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १६ करोड ६३ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ९५ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त फाइनान्सले १७ करोड १७ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ५६ प्रतिशत खराब कर्जा थियो । गोर्खाज फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ४८ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो फाइनान्सको खराब कर्जा १४ दशमलव ५० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा गोर्खाजले नौ करोड १५ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा छ दशमलव ७७ प्रतिशत खराब कर्जा देखिएको थियो ।

आईसीएफसी फाइनान्सले तीन करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो फाइनान्सको खराब कर्जा तीन दशमलव ९१ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले आठ करोड ३९ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ६४ प्रतिशत खराब कर्जा देखिएको थियो । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड १२ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ५५ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सो फाइनान्सले ४४ करोड ४८ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव २५ प्रतिशत खराब कर्जा थियो ।

मल्टीपर्पस फाइनान्सले भने एक करोड ५९ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ४४ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त फाइनान्सले ५३ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव १३ प्रतिशत खराब कर्जा देखिएको थियो । यसैगरी बेस्ट फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ८६ लाख २६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ३५ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त फाइनान्सले दुई करोड ३० लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ७६ प्रतिशत खराब कर्जा देखिएको थियो । नेपाल फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा नौ दशमलव २४ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त फाइनान्सले एक करोड तीन लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा १३ दशमलव १५ प्रतिशत खराब कर्जा थियो ।

पोखरा फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड २९ लाख ३३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा सात दशमलव ९१ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन करोड १५ लाख २१ हजार रुपैयाँ खुद मुनाफा र चार दशमलव ८२ प्रतिशत खराब कर्जा थियो । गुडविल फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आठ करोड ६४ लाख ६४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ भने छ दशमलव ४७ प्रतिशत खराब कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले एक करोड ९९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो भने खराब कर्जा चार दशमलव ७१ प्रतिशत थियो । सेन्ट्रल फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड १४ लाख ४८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ भने नौ दशमलव ५७ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले दुई करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ६० प्रतिशत खराब कर्जा थियो ।

रिलायन्स फाइनान्सले पनि पछिल्लो अवधिमा चार करोड ७२ लाख ५१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ भने आठ दशमलव ४८ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४६ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएको रिलायन्समा चार दशमलव २६ प्रतिशत खराब कर्जा थियो । गुह्येश्वरी मर्चेन्ट फाइनान्स पनि पछिल्लो अवधिमा पाँच करोड ५० लाख ९३ हजार रुपैयाँ खुद नोक्सानीमा सञ्चालनमा रहेको छ भने खराब कर्जा बढेर पाँच दशमलव ७३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गुह्येश्वरीले ८४ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने चार दशमलव ३८ प्रतिशत खराब कर्जा थियो ।

प्रोग्रेसिभ फाइनान्सले यस आर्थिक वर्षको नौ महिनामा पाँच करोड ४९ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ भने खराब कर्जा बढेर नौ दशमलव ३४ प्र्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सात करोड ५१ लाख १९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ भने खराब कर्जा चार दशमलव ९५ प्रतिशत थियो । जानकी फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ८३ लाख ६० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ भने खराब कर्जाको मात्रा बढेर २८ लाख ९१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त फाइनान्सले एक करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने २३ दशमलव ६० प्रतिशत खराब कर्जा थियो । समृद्धि फाइनान्सले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड ९३ लाख ७५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने १७ दशमलव २३ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड ३४ लाख ३६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको फाइनान्सको खराब कर्जा १३ दशमलव ४९ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया