Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा कार्यक्रम

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा कार्यक्रम


काठमाडौं । सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले वैशाख १० गते पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको हो ।

बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिताजस्ता कार्यक्रमहरू आयोजना गरेको थियो । बैंकले सरसफाई कार्यक्रमअन्तर्गत देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूको बारेमा सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा प्लानेट भर्सेक प्लास्टिकमा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो । यस्ता कार्यक्रमहरूले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदूषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले देशैभरि फैलिएको आफ्ना एक सय ९६ वटा शाखा (पाँच वटा एक्सटेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ सेवा र दुई सय २६ वटा एटीएममार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैं आप्mनो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य लिएको पनि बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया