Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव

नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव


काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औँ वार्षिकोत्सव देशव्यापीरूपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । यस सुखद् अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, एक सय ८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू भव्यतापूर्वक सञ्चालन गरेको हो ।

यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको वीरगञ्जमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौंडामा ३२, ललितपुरमा ३८ र काठमाडौंमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदूरपश्चिमकोे महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल चार सय ५७ पिन्ट रगत संकलन गरेको छ ।
यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङकी प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवद्र्धन कार्यक्रमलाई एक सय वटा वृक्ष रोप्नका निम्ति पाँच लाख रुपैयाँको आर्थिक सहयोग तथा कम्पनीले आफ्ना एक सय ८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकहरूले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, मार्गनिर्देशन प्रदान गर्नै सञ्चालक समितिका पदाधिकारीहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, माया, स्नेह प्रदान गर्ने सेयरधनीहरू, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै नेपाल लाइफलार्ई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालामा धन्यवाद ज्ञापन गरेका छन् । आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया