Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बैंकको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेस्ट बैंकको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा


काठमाण्डौं । एभरेस्ट बैंकले यही वैशाख २३ गते आयोजित विशेष कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिका वडा नं १०, आदर्शनगरस्थित आफ्नो वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं ४ आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरू सुरु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्यलगायतसो क्षेत्रका उच्च पदस्थ व्यतिmत्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उपे्रतीले नवनिर्मित आफ्नै भवनबाट ग्राहकहरूले अझ बृहत् र परिष्कृतबैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहजरूपमा उपभोग गर्न सक्ने बताए ।

पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखिनै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय २८ वटा शाखा सञ्जाल, चार वटा एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, एक सय ६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया