Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र दुई शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र दुई शाखा स्थानान्तरण


काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो दुई वटा शाखाहरू स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा न. १७, खुसिबुँ अवस्थित दुई वटा शाखामध्ये एउटा शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा नं १६ स्थित खरिबोट, वनस्थलीमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्कनजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ ।

स्थानान्तरण गरिएका साविकका खुसिबुँ र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नुहुनेछ । स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा दुई सय ५८ वटा शाखा, तीन सय २१ वटा एटीएम, २८ एक्स्टेन्सन काउन्टर र एक सय ३१ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया