Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारक्रेस्ट माइक्रो लाइफको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरूको भेला सम्पन्न

क्रेस्ट माइक्रो लाइफको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरूको भेला सम्पन्न


काठमाडौं  । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरूको भेला कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विशेष समारोहका बीच चितवनस्थित मचान कन्ट्री भिल्लामा भेला कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकहरूलाई राखेको व्यावसायिक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरूको उक्त समारोहमा उपस्थित भएका थिए । समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले सुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य व्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको भन्दै लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उक्त समारोहमा आउँदा दिनहरूमा अभिकर्ता तथा शाखा प्रबन्धकको भेला समारोहमा अझ बढी अभिकर्ताहरू तथा शाखा प्रमुखहरूको सहभागिताको अपेक्षासहित अभिकर्ताहरू तथा शाखा प्रबन्धकहरूको व्यक्तित्व विकास तथा व्यावसायिक क्षमता वृद्धिका लागि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरूको आयोजना गर्ने प्रतिबद्धता समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृतले व्यक्त गरेका थिए । उक्त समारोहमा सहभागी सम्पूर्ण अभिकर्ता तथा शाखा प्रबन्धकहरूलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले स्वागत मन्तव्यसहित स्वागत गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x