Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणका लागि विश्व बैंकको ४६ लाख अमेरिकी डलरको योजना

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणका लागि विश्व बैंकको ४६ लाख अमेरिकी डलरको योजना


काठमाडौं । विश्व बैंकले नेपालमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणका ४६ लाख अमेरिकी डलरको योजना अघि सारेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले मंगलबार संयुक्त रुपमा संघीय नेपालमा लैङ्गिक हिंसाविरुद्धको आयोजनाको शुभारम्भ गरेका हुन् ।

त्रिवर्षीय आयोजनाले कोशी र लुम्बिनी प्रदेशका छवटा नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायताजस्ता लैङ्गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवाहरूमा महिला तथा बालिकाको पहुँच बढाउन मद्दत गर्नेछ । यसले लैङ्गिक हिंसा पीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा राम्रो पहुँचमार्फत लाभान्वित गराउने लक्ष्य लिएको छ ।

‘लैङ्गिक हिंसाको सम्बोधनलाई नेपाल सरकारले प्राथमिकतामा राखेको छ । नगर, प्रदेश र संघीय तहमा लैङ्गिक हिंसाविरुद्धका प्रतिकार्य संयन्त्रहरूलाई आबद्ध गर्ने कार्यमूलक समन्वय प्रणाली स्थापनाका लागि यस आयोजनाले सहयोग गर्नेछ’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले भनिन् ।

आयोजनाका लागि लागि स्टेट एन्ड पिसबिल्डिङ ट्रस्ट फन्ड (राज्य तथा शान्ति निर्माण कोष)ले ४६ लाख अमेरिकी डलरबराबरको अनुदान उपलब्ध गराएको छ । यस आयोजनाको कार्यान्वयन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा गरिनेछ । यस आयोजनाले संस्थागत संरचना र क्षमता सुदृढ गर्नुका साथै सेवाको पहुँच र गुणस्तर सुधारमा ध्यान केन्द्रित गरी लैङ्गिक हिंसाविरुद्धका नवीनतम उपायहरूसम्बन्धी नमूना कार्यक्रम सञ्चालन गर्नेछ । यसैगरी, लैङ्गिक हिंसाविरुद्धको सुदृढ प्रतिकार्यका लागि पहिलो प्रतिकार्यकर्ता (फस्ट रेस्पोन्डर) र स्थानीय सरोकारवालाहरूको व्यवहार परिवर्तनलाई बढावा दिनेछ ।

‘यस आयोजनाले विशेषगरी अति दुर्गम र पुग्न कठिन क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धका सेवाहरूमा तत्काल पहुँच प्राप्त गर्न, हिंसाको उजुरी गर्न र यसका लागि सहयोग माग्न महिला तथा बालिकालाई सशक्तीकरण गर्नेछ । नेपालको हरित, उत्थानशील र समावेशी विकासमा टेवा पुर्याउन यो ज्यादै महत्वपूर्ण छ’, विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले भने ।

नेपाल सरकार र विश्व बैंकबीच यस आयोजनाका लागि २०८१ वैशाख १२ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x