Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनौ महिनामा तीन खर्ब ६७ अर्बको भारतीय मुद्रा खरिद

नौ महिनामा तीन खर्ब ६७ अर्बको भारतीय मुद्रा खरिद


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले झण्डै नौ खर्ब रुपैयाँबराबरको तरलता उपयोग गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा बैंक तथा वित्तीय संस्थाले सो परिमाणमा तरलता उपयोग गरेको देखिएको हो ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत सात खर्ब ९४ अर्ब एक करोड रुपैयाँसहित कुल सात खर्ब ९५ अर्ब २१ करोड रुपैयाँ तरलता उपयोग गरेका हुन्, राष्ट्र बैंकले भनेको छ ।

यस अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत छ खर्ब ९३ अर्ब पाँच करोड र स्थायी निक्षेप सुविधामार्फत आठ खर्ब ६८ अर्ब ३५ करोड गरी कुल १५ खर्ब ६१ अर्ब ४० करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरिएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणहरूमार्फत ४४ खर्ब ४४ अर्ब नौ करोड रूपैयाँ तरलता प्रवाह गरिएको थियो ।

यस अवधिमा विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरूबाट अमेरिकी डलर चार अर्ब २८ करोड खुद खरिद गरी पाँच खर्ब ६८ अर्ब ५८ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर चार अर्ब २७ करोड खुद खरिद गरी पाँच खर्ब ५७ अर्ब ८१ करोड तरलता प्रवाह गरिएको थियो । नौ महिनामा अमेरिकी डलर दुई अर्ब ७६ करोड बिक्री गरी तीन खर्ब ६६ अर्ब ९९ करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ५४ करोड बिक्री गरी चार खर्ब ६२ अर्ब १४ करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

सहुलियत कर्जातर्फ २०८० चैत मसान्तमा एक लाख २७ हजार दुई सय १२ ऋणीलाई प्रवाह भएको एक खर्ब ४० अर्ब ५० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार छ सय ४८ ऋणीलाई प्रवाह भएको ९४ अर्ब ८५ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७५ हजार तीन सय ३३ महिला उद्यमीलाई प्रवाह भएको ४३ अर्ब ७९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार दुई सय ३१ ऋणीको एक अर्ब ८५ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x