Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनाको निरन्तरता

महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनाको निरन्तरता


काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गरेको छ । यसअन्तर्गत बैंकले आफ्नो वार्षिकोत्सव महिनाको रूपमा रहेको जेष्ठ महिना तथा ३०औँ वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणमैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको हो । सोहीअनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरूमा क्रमशः विद्युतीय गाडीहरूको प्रयोग बढाउँदै जानेछ । यस्ता कार्यक्रमहरूले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्धन तथा दिगो विकासमा टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।

बैंकले ३०औँ वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबार देखि २५ गते बिहीबार (तीन दिन)सम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४’ (श्रृङ्खला ३) ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका छन् । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र सात लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x