Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंक र इ–सेवाबीच सम्झौता

नेपाल एसबीआई बैंक र इ–सेवाबीच सम्झौता


काठमाडौं  । नेपाल एसबीआई बैंक र इ–सेवाबीच सम्झौता भएको छ । बैंकका अनुसार इ–सेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनी ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिटलगायत बैंकका च्यानलहरूमार्फत ग्राहकहरूलाई आफ्नो इ–सेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । साथै, यस सम्झौताले इ–सेवा प्लेटफर्ममार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्याउने छ । सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, जगदीश खड्काले हस्ताक्षर गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x