सनराइज बैंक र मास्टरकार्डबीच सहकार्य
काठमाडौं, पुस ७
सनराइज बैंकले आफ्ना ग्राहकहरूको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक भिसा र युनियन–पे ब्राण्डहरूसँग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । बैंकले यसअघि नै भिसा तथा युनियन–पे ब्राण्डका कार्डहरू जारी गर्दै आफ्ना एटीएम र पोइन्ट अफ सेलमार्फत भिषा कार्डहरू स्वीकार गर्दै आएको छ । सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्यका साथबैकले आफ्नो एटीएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यससँगैे स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्डमार्फत रकम निकाल्न झनै सहज हुने भएको छ ।
नेपाल भ्रमण गर्ने अधिकांश युरोपेली पर्यटकहरूले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्राण्डका कार्ड स्वीकार गर्ने एटीएमहरू नेपालमा न्यून रहेका छन् । बैंकको यो सेवाले पर्यटकहरूलाई एटीएममार्फत रकम निकाल्न सहज हुने विश्वास गरिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’को सुरुवातमा नै बैंकले सुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको छ । अत्यधुनिक पेमेन्ट सिस्टमसहित नवीनतम सेवा दिने उद्देश्यका साथ बैंकले निकट भविष्यमा मास्टरकार्ड ब्राण्डका कार्ड जारी गर्ने तथा पोइन्ट अफ सेलमार्फत समेत मास्टरकार्ड स्वीकार गर्नको लागि आवश्यक पहल गरिसकेको छ ।
हालसम्म बैंकले एक सय २८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ सेवा, आठवटा एक्सटेन्सन काउण्टर र एक सय ४७ वटा एटीएममार्फत आफ्ना छ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ, एक्सटेन्सन काउण्टर र एटीएमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया