Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता


काठमाडौँं, पुस १४
सेञ्चुरी कमर्सियल बैंक र ब्लुु क्रस हस्पिटलबीच सम्झौता भएको छ । बैंकले अस्पतालले दिने विभिन्न सेवा सुविधाहरूमा आफ्ना खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा संस्थापक सेयरधनीहरूलाई सहुलियत प्रदान गर्ने विषयमा सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैंकका संस्थापक सेयरधनीहरूले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतामा बैंकको बजार प्रबन्धक शेखरराज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रालिका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुुन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया