सिद्धार्थ बैंकको महिला उद्यमशील कर्जा
काठमाडौँं, पुस १४
सिद्धार्थ बैंकले महिला उद्यमशील कर्जा सुरु गरेको छ । बैंकले महिला उद्यमीहरूलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि १५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहजरूपमा प्रदान गर्ने उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएकोे हो । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्वारा प्रदान गराइने सहुलियतपूर्ण कर्जाअनुसार बैंकले आफ्नो आधार दरमा दुुई प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र छ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।
महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु-याउने बैंकको विश्वास रहेको छ । यस कर्जा योजनाका प्रमुख आकर्षणहरूमा ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा अर्थात् अधिकतम १५ लाखसम्म कर्जा पाइने, वार्षिक छ दशमलव दुुई प्रतिशतको आर्कषक व्याजदर, प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधा र पाँच कार्यदिनभित्रै कर्जा स्वीकृत हुुने रहेका छन् ।
यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीचको साझेदारी प्रोजेक्टद्वारा देशका साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाइन तथा सञ्चालन गरिएको हो । बैंकले हाल देशभर एक सय ७६ वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एक वटा शाखारहित बैंकिङ सेवा, एक सय ९७ वटा एटीएम र १६ सयभन्दा बढी पसमेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया