सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा रौतहटको दोस्तीयामा
काठमाडौं, पुस २२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रौतहटको दोस्तीयामा पनि शाखारहित सेवा विस्तार गरेको छ । बैैकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गर्ने क्रममा रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका –०५ सन्तपुर दोस्तीयामा यहि पुस १८ गतेबाट १०३औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । फतुवा विजयपुर नगरपालिकाकी उप–मेयर श्रीमती कान्तीदेवी महतोले सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेकी हुुन् । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी वृजकिशोरप्रसाद यादवलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले हाल देशैभरि फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइजस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरूको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया