महालक्ष्मी विकास बैंकद्वारा विद्याश्रमलाई सहयोग
काठमाडौं, पुस २५
महालक्ष्मी विकास बैंकले विद्याआश्रमलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दैे आइरहेकोमा सोही कार्यलाई निरन्तरता दिँदै सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई एक लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।
बैैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा बिहीबार सम्पन्न एक कार्यक्रमका बीच बैैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्वप्रहरी महानिरिक्षक मोतिलाल बोहोरालाई उल्लिखित रकमको चेक हस्तान्तरण गरेका हुुन् । बैंकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरूका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस् भन्ने हेतुले उक्त सहयोग गरेको हो । बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया