Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंकको १५औं वार्षिक साधारणसभा

सांग्रिला डेभलपमेन्ट बैंकको १५औं वार्षिक साधारणसभा


काठमाडौं, माघ १
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले मंगलबार काठमाडौँ महानगरपालिका वडा नं ६ लैनचौरस्थित लैनचौर व्याङ्क्वेटमा आफ्नो १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आव २०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदनसहित २०७६ आसारको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण तथा विस्तृत आयको विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ । सभाले चालू आव २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजी दुुई अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रूपैयाँको आठ दशमलव ९५ प्रतिशत (करसहित)ले हुुनआउने २३ करोड ३५ लाख ३७ हजार दुई सय ९६ रूपैया नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उपरोक्तबमोजिमको बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ८९ शाखा कार्यालयहरू, २६ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x