नबिल बैंकको विशेष साधारणसभा :
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्ने
काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैैंकको शनिबार सम्पन्न विशेष साधारणसभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । नेपाल बंगलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले नेपाल बंगलादेश बैंकको एक सय कित्ताबराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।
उक्त साधारणसभाले नेपाल बंंगलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पीकेएफ टीआर उपाध्याय एन्ड कम्पनी, चाटर्ड एकाउन्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण काम कारबाहीहरूलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
२०७८ चैत्र मसान्तको वित्तीय विवरणअनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात् नबिल बैंकको चुक्ता पुुँजी २२ अर्ब ८३ करोड २९ लाख आठ हजार पुग्नेछ भने कर्जा रकम तीन खर्ब नौ अर्ब र निक्षेप रकम तीन खर्ब २० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ४५ अर्ब रुपैयाँ पुग्नेछ ।
प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई दुई सय ५४ पुग्नेछ । त्यसैगरी नौ महिनाको संयुक्त खुद मुनाफा चार अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ । नेपालको बैंकिङ सेवामा अग्रणी स्थानमा रहँदै आएको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात् वाणिज्य बैंकहरूमध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैरब्याज आम्दानी, गैरकोषमा आधारित व्यवसाय, तथा कुल नाफालगायतका विभिन्न सूचकांकहरूमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ । यस प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउनेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया