माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रालिको आधिकारिक बैंकिङ पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेस अफिसर टिका भट्टराईले, बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।
साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आबद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्टमार्फत खाना अर्डर गरी अनलाइनमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २० प्रतिशत वा बढीमा तीन सय रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन् । बैंकले आउँदै गरेको दशैँ तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखी तीन महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया