Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारप्राइम लाइफको वार्षिक साधारणसभा पुस २४ गते

प्राइम लाइफको वार्षिक साधारणसभा पुस २४ गते


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २४ गते आफ्नो १५औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ७७ करोड ९६ लाख १५ हजार पाँच सय ७७ रुपैयाँमध्येबाट १३ प्रतिशतको अनुपातमा ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । कर प्रयोजनको लागि भने कम्पनीले एक करोड ९० लाख १८ हजार चार सय २२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसबाहेक सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनी मर्ज गर्ने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया