प्रभु लाइफ इन्स्योरेन्सद्वारा बीमित परिवारलाई दाबी भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कर्मस बैंक लिमिटेड (एनसीसी)ले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंकले मर्जरमार्फत आइतबारबाट कुमारी बैंक लिमिटेडको नामले एकीकृत कारोबार सुरु गरेका हुन् ।
एकीकृत कारोबारको लागि कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड १ः१ सेयर अनुपात कायम भएको थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकका अध्यक्ष कुमारी बैंक लि.का अध्यक्ष अमिर प्रताप जबरा तथा साबिकको नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले संयुक्तरूपमा समुद्घाटन गरेपछि कुमारी बैंक लिमिटेडले एकीकृत वित्तीय कारोबार सुरु गरेको छ ।
सो कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तन्यमार्फत नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आजको आवश्यकता रहेको यस घडीमा यो मर्जर निकै सुखद र सकारात्मक कदम रहेको र कुमारी बैंक लिमिटेडले यस मर्जरपछि विभिन्न तवरबाट सेवाग्राहीहरूका लागि नवीनतम बैंकिङ उत्पादनहरू प्रस्तुत गर्नुका साथै आउँदा दिनहरूमा आकर्षक सुविधाहरू पनि ल्याउने विचार व्यक्त गरे ।
मर्जरपश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ, कुल निक्षेप तीन खर्ब दुई अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यसैगरी मर्जरपश्चात् कुमारी बैंक लिमिटेडले चार सय १५ वटा स्थानहरूबाट आफ्ना आधुनिक सुविधाहरू प्रदान गर्ने भएको छ । जसमा तीन सय छवटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ इकाइहरू तथा एटीएम संख्या तीन सय ४५ रहनेछन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया