मुक्तिनाथ विकास बैंकका नयाँ कार्यक्रम
काठमाडौं । जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने नाराका साथ २०६३ पुस १९ गतेदेखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक यही पुस १९ गते १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरूको केन्द्रीय कार्यालयबाटै औपचारिकरूपमा समुद्घाटन गरेको छ । उक्त समारोहको समुद्घाटन गर्दै १७औँ वर्षको सहयात्रमा साथ दिने सेयरधनीहरू, ग्राहकहरू, नियमक निकायहरू, कर्मचारीहरू तथा शुभचिन्तकहरूलाई बैंकका अध्यक्ष भरत राज ढकालले धन्यवाद दिए ।
साथै, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे । सोही अवशरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, वर्तमान चुनौतीका साथै भाबी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न अभियानहरू सञ्चालनमा ल्याएको बताए ।
जसअन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी एक सय ७४ युनिट रगत संकलन, विविन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयहरूमार्फत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, वृद्धा, अनाथ तथा बालबालिकाहरूको क्षेत्रमा कार्य गर्ने मानाव आश्रमहरूमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’सम्बन्धी सामग्री हस्तान्तरण र न्यानो कपडा वितरण गर्नेजस्ता विभिन्न कार्यहरू गरिएको छ । उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरू, पूर्वसञ्चालकहरू, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधिकारीहरू, शाखा प्रबन्धकहरू साथै अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया