Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारअजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स मर्ज हुने

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स मर्ज हुने


काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज हुने भएका छन् । दुवै कम्पनीहरूले मंगलबार गाभ्ने, गाभिने अर्थात् मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक रविन्द्रराज पन्त र अजोड इन्स्योरेन्सको तर्फबामट सञ्चालक तथा मर्जर समितीका संयोजक चिरञ्जीवी द्धाले हस्ताक्षर गरेका छन् । दुवै संस्था एक–आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी रहने सहमति भएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया