छिमेक लघुवित्तको ‘छिमेक मोबाइल बैंकिङ एप’
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बैंकिङ मोबाइल एप सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्घाटन गरेका हुन् ।
आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत सुलभ र सहज सेवा प्रदान गर्न एप सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ । एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, बिजुली बत्तीदेखि घरायसी प्रयोजनका बिल भुक्तानी, तथा व्यक्तिगत खाताको विवरण हेर्नेलगायतका सुविधा प्राप्त गर्न सकिन्छ । यो एप मोबाइल फाइनान्स टेक्नोलोजी प्रालिले विकास गरेको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्माका अनुसार सञ्चालनमा ल्याइएको एपमा हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेका एपबराबरकै फिचरहरू रहेका छन् । समाज र समय बिस्तारै डिजिटल युगमा अभ्यस्त भएको बताउँदै शर्माले छिमेक लघुवित्त मुलुककै पुरानो र अग्रणी लघुवित्त भएकोले ग्रामीण क्षेत्रमा पनि डिजिटल बैंकिङ सेवालाई थप प्रोत्साहित गर्न एपले सहयोग गर्ने बताए ।
सन् २००१ मा स्थापित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालका ६९ जिल्लाका आफ्ना एक सय ९५ शाखाहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । लघुवित्तका अनुसार चार लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म वित्तीय पहुँच पु¥याएको छ भने एक करोड रूपैयाँको सानो चुक्ता पुँजीबाट सुरु भएको मूल कोषको करिब एक सय ८० गुणा आकारमा वृद्धि भएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया