Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारपोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथग्रहण

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथग्रहण


काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको पाँच सय १५औँ बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त भएका डा. दीर्घमान गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय, पोखरामा नेपाल राष्ट्र बैंकका निर्देशक डा. राम शरण खरेलबाट अध्यक्ष पदको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले वित्तीय संस्था तथा नवनियुक्त अध्यक्षको बारेमा संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रममा निर्देशक डा. राम शरण खरेलले नवनियुक्त अध्यक्षलाई बधाइ तथा शुभकामना प्रदान गर्दै नेपाल राष्ट्र बैंकको निर्देशिकाको पालना तथा संस्थागत सुशासनको बारेमा प्रकाश पारेका थिए ।

नवनियुक्त अध्यक्ष डा. दीर्घमान गुरुङले पोखरा फाइनान्स लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पालना गर्दै संस्थाको प्रगतिको लागि हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया