Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमेरो माइक्रोफाइनान्स लघुवित्तको १०औँ वार्षिक साधारणसभा

मेरो माइक्रोफाइनान्स लघुवित्तको १०औँ वार्षिक साधारणसभा


काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको संस्थाको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको संस्थाले बताएको छ ।

आर्थिक २०७८/७९ मा तीन अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा एक सय ४९ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको जानकारी दिएको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया