Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरलको २५औँ वार्षिक साधारणसभा

आईएमई जनरलको २५औँ वार्षिक साधारणसभा


काठमाडौं । आईएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा सम्पूर्ण सेयरधनीहरूलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए । अध्यक्ष ढकालले २४औँ साधारणसभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित दुई रोपनी छ आना दुई पैसा तीन दाम जग्गामा करिब ६० हजार वर्गफिटको दुई तल्ला पार्किङसहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्नपश्चात् उक्त भवनबाट कम्पनीले करिब चारदेखि पाँच करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

कम्पनीले सातवटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आईजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालू आवमा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखारहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमासेवा प्रदान गर्ने जानकारी गराए । देशमा विद्यमान आर्थिक तथा राजनीतिक अवस्थाको बाबजुत पनि कम्पनीले गत वर्षको दाँजोमा १६ दशमलव ४७ प्रतिशतले बीमा प्रिमियम सङ्कलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारणसभा समक्ष पेस गरेको सबै साधारण तथा विशेष प्रस्तावहरू सभाले कर्तल ध्वनिका साथ स्वीकृत गरेकोमा सबै सेयरधनीहरूलाई धन्यवाद व्यक्त गरे ।

त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५औँ वार्षिक साधारणसभामा सम्पूर्ण सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहकहरू, लगानीकर्ता, नियमनकारी निकायहरू र कर्मचारी साथीहरूको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानीकर्ताहरूको भावना र सञ्चालक समितिको निर्देशनबमोजिम अगाडि बढिरहेको समेत सभालाइ जानकारी गराए ।

बीमाको पहुँचलाई देशको सबै क्षेत्रमा पु¥याउने हेतुले हामीले सातवटै प्रदेशबाट ग्राहकहरूलाई बीमा सेवा प्रदान गर्दै आइरहेका छौँ । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आइरहेको जानकारी गराए । आगामी दिनहरूमा डिजीटलाइजेसनको माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनी अगाडि बढी रहेको । आव २०७७/७८ मा एक अर्ब ५२ करोड ११ लाख बीमाशुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा एक अर्ब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरी गत वर्षको दाँजोमा १६ दशमलव ४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराए । यसैगरी चालू आवको पुस मसान्तसम्ममा कम्पनीले कुल ९० करोड २५ लाख बीमाशुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए ।

श्रेष्ठले नियमनकारी निकायको निर्देशनसहित लघु बीमा, कृषि तथा पशु बीमालगायत पारिवारिक स्वस्थ्य बीमालाई अगाडि बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पु¥याउनको लागि सातवटै प्रदेशहरूमा रहेका शाखाहरूमार्फत सेवा विस्तार गरेको पनि जानकारी दिए । कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियमहरू, आन्तरिक लेखापरीक्षणलगायत नेपाल बीमा प्राधिकरणबाट समय समयमा प्राप्त निर्देशनहरूको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै कम्पनीसँग भएको साधन र स्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा सञ्चारलाई व्यवस्थित गर्दै डिजिटलमा विशेष ध्यान दिएको बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया