Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकका दुई नयाँ शाखा प्रदेश नं १ मा

कामना सेवा विकास बैंकका दुई नयाँ शाखा प्रदेश नं १ मा


काठमाडौं, चैत ४
कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नम्बर एकमा दुुईवटा शाखा खोलेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं १ स्थित इनरुवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा यही फागुन २३ गते आफ्नो एक सय २१औं र एक सय २२औं शाखा कार्यालयहरू स्थापना गरी कारोबार उद्घाटन गरेको हो । बैंकको इनरुवा शाखाको उद्घाटन इनरवा नगरपालिका वडा न १ का प्रमुख राजन मेहता तथा बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्तरूपमा गरेका हुुन् ।

यसैगरी इटाभट्टा शाखाको उद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वरिष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका हुुन् । बैंकले हाल देशका विभिन्न भागहरूमा एक सय २२ वटा शाखा तथा ६२ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैैकिङ र सी–आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरूपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया