Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा सहयोग

ज्योति विकास बैंकद्वारा सहयोग


काठमाडौं, चैत ९
ज्योति विकास बैंकले दृष्टिविहीनहरुको शिक्षाको सहजताको हेतुले स्थापित अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई कम्प्युटर प्रदान गरी सहयोग गरेको छ । बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालको श्रव्य पुस्तकालयको लागि बुधबार पाँच थान कम्प्युटर सहयोग गरेको हो । सामाजिक हितको लागि बैंकले स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त सहयोग प्रदान गरिएको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालका अध्यक्ष रमेशबाबु तिवारीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक पारस राज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङ र सल्लाहकार सदस्य डा. गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो ।

अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिविहीन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिकसरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्यमैत्री बनाउँदै आएको छ । परियोजनाले बैंकबाट प्राप्त कम्प्युटरहरु पनि श्रव्य पुस्तक उत्पादन, वितरण तथा विद्यार्थीहरुको प्रयोगको लागि उपयोग गर्नेछ ।

बैंकले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३४ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब २९ अर्ब लगानी गरेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया