छाउपडी प्रथा उन्मूलनमा महालक्ष्मी विकास बैंकको सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा उन्मूलनका लागि आर्थिक सहयोग गरेको छ ।
सुदूरपश्चिमका आछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लामा छाउपडी प्रथा अझै कायम छ । एक्सन वक्र्स नेपालले सञ्चालन गरिरहेको छाउपडी र महिनावारी स्वास्थ्य स्वच्छता व्यवस्थापन परियोजनालाई सफल बनाउन आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।
छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलनविरुद्ध जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरूपमा प्रभावित बालिक तथा महिलाहरूलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालित यस योजना बैतडी जिल्लाको दिलासैनी गाउँपालिकामा करिब चार महिना सञ्चालन गरिनेछ । योजनाअन्तर्गत गाउँपालिकामा सामाजिक सचेतनाका कक्षाहरू, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधनको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिनेछ । बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक रूपान्तरणका लागि निरन्तर सहयोग गर्दै जाने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया