काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसाभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, हिसाब, नाफानोक्सान आयव्यय इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।
त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना रोकथामका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदानबापत सात लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्नेलगायतका प्रस्तावहरू पारित गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया