१९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै बिजनेस समिट सम्पन्न
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजना गरेको ‘नेपाल बिजनेस समिट, २०८०’ सम्पन्न भएको छ । नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा वैशाख २४ गते बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित ‘नेपाल बिजनेस समिट, २०८०’ सम्पन्न भएको सिबिफिनले जनाएको छ ।
विश्व अर्थतन्त्र मन्दीतर्फ उन्मुख भइरहेको बेला नेपाली अर्थतन्त्रमा परेको असरबारे छलफल गरी नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सुझाव दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा चिन्ता, चासो र सरोकारसहित सरकार, निजी क्षेत्र, वरिष्ठ अर्थशास्त्री, विषयविज्ञ, कूटनैतिक एवं दातृनिकाय र सञ्चारजगत् क्षेत्रका उच्च तहबाट भएको सघन उपस्थिति, आर्थिक क्षेत्रका जल्दाबल्दा विभिन्न विषयवस्तुमाथि बहस भएको थियो ।
सम्मेलनले नेपाल सरकार तथा मातहतका निकायलाई स्पष्ट योजना तथा कार्यक्रम निर्माण गर्न, प्रभावकारी एवं सरलीकृत प्रशासनिक विधि एवं प्रक्रिया अवलम्बन दिशाबोध गरेको बताइएको छ ।
सम्मेलनमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, प्रतिनिधिसभाका सदस्यहरु, गभर्नर तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
नेपाल सरकार तथा मातहतका निकायका उच्च राजनीतिक एवं प्रशासनिक व्यक्तित्वहरुबाट प्राप्त प्रतिबद्धता र सहभागीबाट प्राप्त बहुमूल्य सुझावहरुलाई संश्लेषण गरी यस सम्मेलनले १९ बुँदे घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा उत्पादनमा वृद्धि र रोजगारीमा सृष्टि भन्ने मूल मर्मसहित प्रचुर सम्भावना बोकेका लगानीका क्षेत्रहरु–कृषि, ऊर्जा, निर्माण, उत्पादन, पर्यटन, वन पैदावार, खनिज तत्वको उत्सर्जन, प्रविधि, गार्मेन्ट उद्योगजस्ता क्षेत्रहरुमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन सरलीकृत एवं आकर्षित नीतिको व्यवस्थासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आवश्यक पहल गर्ने, नियन्त्रणमुखी नीतिलाई सुधार गर्दै उदार एवं आम उद्योग व्यवसायमैत्री नीति निर्माणमा तत्काल ठोस पहल गर्ने लगायतका बुँदाहरु छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया