काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको २७ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भएका बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्षमा नियुक्त गरेको हो । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल २०८० जेठ ३ देखि लागू हुनेगरी ज्योति क्यापिटलको सञ्चालक समिति अध्यक्ष चयन भएका हुन ।
प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट रहेका ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव छ । यसका साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको काम गरिसकेका छन् ।
नव–नियुक्त सञ्चालक समितिका अध्यक्ष ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नेमा कम्पनीले विश्वास व्यक्त गरेका छन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको क्यापिटलको चुक्तापुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व. २०७९÷८० को तेस्रो त्रैमाससम्म एक करोड २४ लाख ७१ हजार तीन सय नौ रुपैयाँ मुनाफा गरेको छ । साथै, हरेक ग्राहकहरूको समृद्धिको ज्योति बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्तगरी पूर्ण सञ्चालनमा आउने क्रममा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया