काठमाडौं आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५६ लाख ९१ हजार चार सय ३४ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा संस्थाले चार करोड ९२ लाख दुई हजार चार सय ९५ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा एक अर्ब ५५ करोड ४६ लाख ४३ हजार पाँच सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८१ करोड तीन लाख ३५ हजार छ सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १९ करोड ३७ लाख ६२ हजार आठ सय ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ६३ प्रतिशत रहेको छ ।गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६५ करोड ४८ हजार सात सय ४१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५२ करोड १५ लाख २७ हजार पाँच सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ८८ लाख १९ हजार पाँच सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया