Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा १० अर्ब २५ करोड रुपैयाँको टे«जरी बिक्री

राष्ट्र बैंकद्वारा १० अर्ब २५ करोड रुपैयाँको टे«जरी बिक्री


काठमाण्डौं,वैशाख १
नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार आइतार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गरिएको हो ।

जारी मिति वैशाख २ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन लिएका थिए । बिक्री गरिएको कुुल टे«जरीमध्ये ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको दुई २५ करोड रुपैयाँको रहेको छ ।

सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ असार ३० गते तोकिएको छ भने एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ असोज २७ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि यही चैत २४ गते पनि राष्ट्र बैंकले ३१ अर्ब १० करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको २० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x