हिम्मत भए पत्रकारको सम्पत्ति छानबिन गर
जब आफ्नो बेइमानी मिडियाले सार्वजनिक गर्छ, तब शक्तिको आडमा बेइमानी गर्नेहरुले पत्रकारको सम्पत्तिमाथि प्रश्न गर्ने गर्छन् । पत्रकारले ब्ल्याकमेल गरेर पैसा कमाएको आरोप सजिलै लगाउँछन् । यस्तो आरोप लगाउने व्यक्तिहरुमा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी, समाजसेवाको नाममा धन्दा गर्नेहरु, पेशागत मर्यादामा नबस्ने जो कोही पनि हुन सक्छन् ।
केही दिनअघि भएको सत्तारुढ नेकपाको केन्द्रीय समितिको बैठकमा त प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले यति समूहसँगको कारोबारको विषयमा केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै आफू ब्ल्याकमेलरहरुको चक्करमा नफस्ने जवाफ दिए । मिडियाले यति समूहसँग ब्ल्याकमेलिङ गरेर समाचार छापेको संकेत गरे । तर उनले त्यस्ता ब्ल्याकमेलरहरु को–को हुन् भन्नेचाहिँ बताएनन् । भन्नचाहिँ पत्रकारहरुलाई ब्ल्याकमेलर भनेकै हो । त्यससँग सम्बन्धित मिडियाले प्रधानमन्त्रीको आरोपको बारेमा केही लेखेका छैनन् र मौन बसेर स्वीकारेको संकेत गरेका छन् ।
अहिलेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा स्वयं पनि पूर्वपत्रकार हुन् । पत्रकार हुँदै उनले नरेफाँटमा जोडेको जग्गामा घर छँदै छ । उनले मन्त्री बनेपछि कुनै सम्पत्ति जोडेजस्तो लाग्दैन । जे जति सम्पत्ति छ, त्यो पत्रकार हुँदाको नै हो । पत्रकार हुँदा उनले कति दुःख गरेर पत्रिका निकालेका थिए, त्यो पनि थाहै छ । अहिले पत्रकारको सम्पत्ति छानबिन गर्ने हो भने छानबिनको सुरुवात उनी पत्रकार हुँदाको अवस्थाबाट गर्ने हो भने उनले नेपालको अहिलेको मिडियाको नामको अराजकतालाई सही बाटोमा ल्याउन सक्नेछन् । होइन भने यो अराजक मिडिया पहिला उनलाई फाल्न संगठित रुपमा लाग्नेछ । उनले आफैँबाट छानबिन सुरु गर्ने हो भने उनको छानबिनप्रति कसैले औँला ठड्याउन पाउनेछैनन् ।
अहिले मिडिया यसरी उम्लिएको देखाउन नपर्ने सम्पत्तिले हो । कसले कहाँबाट कसरी रकम संकलन गरेका छन् भन्ने सबैलाई थाहा छ तर आफूमाथि मिडिया खनिने डरले त्यसबारे कोही पनि बोल्न चाहँदैनन् । बोल्यो कि पोल्यो भनेजस्तो छ । मिडियाका नाममा लागूऔषध, नक्कली मुद्राको कारोबार, मानव तस्करी, अर्काको सम्पत्ति कब्जा जस्ता अनेकौँ धन्दा चलेका छन् । राष्ट्र बैंकमा भएको मिडियाको अवैध धन्दाको फाइल वर्षौँदेखि थन्किएका छन्, प्रहरीमा त्यस्तै छ । अदालतमा उस्तै छ । जहाँ मिडिया स्वच्छ हुँदैन, त्यहाँ उसले दिने समाचार निष्पक्ष हुँदैन ।
मिडियामा विदेशी लगानी भित्र्याउन नपाइने भनिए पनि विदेशी लगानीमा मिडिया चलेकै छन् । त्यसर्थ सञ्चारमन्त्री आफैँ उदाहरणीय रुपमा प्रस्तुत हुनुपर्छ र आफैँबाट छानबिन सुरु गराउनुपर्छ । त्यसो गर्दा नेपाली मिडियामा शुद्धता आउँछ । मिडिया र पत्रकारको शुद्धता र पवित्रताले समाजलाई शुद्धीकरण गर्न सहयोग गर्छ । पत्रकारहरुमाथि पनि न्याय हुनेछ । एकाध व्यक्तिले गरेको अपराधको आरोपको भारी सधैँ बोकेर हिँडिरहनुपर्दैन । तसर्थ, बलियो सरकारका सञ्चारमन्त्री बाँस्कोटाले हिम्मत भए पत्रकारको सम्पत्ति छानबिन गर्न खुट्टा कमाउनुहुँदैन । हिम्मत नभए बिनासित्ती आरोप लगाइरहन पनि पाइँदैन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- तीन वर्षमा आयल निगम ४९ अर्ब घाटादेखि वार्षिक १० अर्ब रूपैयाँ नाफामा, तर नेपालमा किन मूल्य उल्लेख्य घटेन?
- प्यारिस ओलिम्पिक्स २०२४: पहिलोपटक रङ्गशालामा मात्र नभई सहरभरि उद्घाटन समारोह, यस्तो थियो रौनक
- चीनबाट ६५ अर्बको सामान आयात
- सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ
- चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
- चारवटा प्रदेशमा भारी वर्षा हुने
- पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ: मन्त्री पाण्डे
- सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया