Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाविरुद्धको लडाई जनताको नेतृत्वमा : मोदी

कोरोनाविरुद्धको लडाई जनताको नेतृत्वमा : मोदी


नयाँदिल्ली, वैशाख १५
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोनाभाइरस विरुद्धको लडाई भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन् । लडाइँमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताएका हुन् । आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले भने, ‘हरेक नागरिक यस लडाइँमा कोरोनाभाइरसविरुद्धको लडाकु हुनुभएको छ ।’

उनले मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम ‘मन की बात’मा बोल्दै मोदीले विशाल भारतमा यस्तो लडाई धेरै कठिन भएको पनि उल्लेख गरे । कोरोनाभाइरससँगै आफूहरु गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नु पर्नेमा उनले जोड दिए । ‘कोरोनाभाइरसविरुद्धको जनताको लडाई सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पु¥याउने छौँ’, प्रधानमन्त्री मोदीले भने । (रासस–एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x